विद्यालयमा अनुपस्थीत हुने सर्लाहीका आधा दर्जन शिक्षकलाई स्पष्टिकरण सोधिने

http://sindhulidarpan.blogspot.com/2013/03/teacher_1.html
सुनिल ठाकुर,
सर्लाही,फागुन १८ ।
विद्यालयमा नियमित उपस्थित नहुने सर्लाहीका आधा दर्जन प्रधानाध्यापक तथा शिक्षकलाई जिल्ला शिक्षा कार्यालय सर्लाहीले स्पष्टिकरण सोध्ने भएका छन् । विगत एक हप्तादेखि अनुुगमन शुरु गरेका शिक्षा कार्यालयले विद्यालय समयमा नआउने, विद्यायल बन्द गरेर राख्ने, तथा विद्यार्थीको उपस्थिति न्युन रहेका विद्यालयका प्रअ तथा शिक्षकसंग स्पष्टिकरण सोधिने शिक्षा अधिकार राजकुमार विकले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा अधिकारीले विद्यालयका प्रअ तथा शिक्षकहरुसंग अन्तरक्रिया समेत गर्ने गरेका छन् । शिक्षाका स्तर उकास्न अनुगमन निरन्तर जारी रह्ने समेत अधिकारी विकले बताउनुभएको छ । शिक्षा कार्यालयका यस्तो सुधारका कार्यक्रमलाई नेपाल शिक्षक युनियन जिल्ला कार्य समिति सर्लाहीले स्वागत गरेका छन् । जिल्लाका खस्किदै गरेको शिक्षाको स्तर बढाउनका लागि शिक्षा कार्यालयले गरेका अनुगमनमा युनियनको सहयोग रह्ने युनियनका अध्यक्ष नवल किशोर यादवले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !