आज १०३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस


काठमाण्डौ,फागुन २५ ।
आज मार्च ८, १०३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपाल लगाएत विश्वभर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाईंदैछ । संयुक्त राष्ट्र संघले यसवर्षको अन्तर्राष्ट्रिय नारा महिला हिंसा अन्त्य गरौं, कुरा होइन काम गरौं भन्ने राखिएको छ । दिवसको अवसरमा आज राजधानीलगायत देशभर विभिन्न कार्यक्रम गरिंदैछ । सरकारको तर्फबाट हुने कार्यक्रम अहिले केहीबेरमा राजधानीको भद्रकाली र्याली हुँदैछ भने महिला सुरक्षा दबाब समूहले पनि पद्मकन्या क्याम्पस बागबजारबाट छुट्टै र्याली अहिले बिहान गर्दैछ । त्यस्तै उपत्यकामा विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् भने विभिन्न राजनीतिक दलका महिला संगठनहरुले पनि दिउँसो र्याली तथा सभा गर्दैछन् ।
यसैबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्री डा बाबुराम भट्टराइले शुभकामना सन्देश दिदै महिलालाई संविधान प्रदत्त हक र अधिकारको सुनिश्चितता आजको आवश्यकता रहेको बताउनु भएको छ ।
अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले समान कामको समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले सन् १९१० देखि मार्च ८ का दिन यो दिवस मनाउने गरिन्छ ।विभिन्न अनुसन्धानबाट प्राप्त नतिजाअनुसार नेपाली महिलाहरु २४ घण्टामध्ये कम्तीमा १८ घण्टा काम गर्छन् । त्यसमा पनि बेतलबी अर्थात् तलब नै नपाउने काममा उनीहरू बढी संलग्न हुन्छन् ।

Related

राष्ट्रिय 270684826345790635

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item