चार राजनीतिक शक्तिले आज सहमतिलाई अन्तिम रुप दिने

http://sindhulidarpan.blogspot.com/2013/03/political.html
काठमाण्डौ,फागुन २५ ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनाबी सरकार गठन गर्ने बारेमा छलफल चलाइरहेका प्रमुख चार राजनीतिक शक्तिले आज सहमतिलाई अन्तिम रुप दिने भएका छन् । सहमतिको मस्यौदालाई अन्तिम रुप दिने बारेमा छलफलको लागि एकीकृत माओवादी, काङ्ग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक आज बिहान ११ बजेको लागि बोलाइएको छ । शीर्ष नेताको बैठकअघि चार शक्तिका सदस्य सम्मिलित कार्यदलले कानून व्यवसायीहरुसँग पनि छलफलगर्दै छ ।
सेना समायोजन समन्वय समितिको कार्यालय नयाँवानेश्वरमा सुरु भएको कार्यदलको बैठकमा विज्ञहरुलाई पनि सहभागी गराइएको कार्यदल सदस्य एमाले नेता भीम रावलले सीआईएनलाई जानकारी दिनुभयो । कानूनव्यवसायीसँग बाधा, अड्काउ फुकाउ प्रक्रिया र सहमतिको भाषाको बारेमा छलफल भइरहेको एमाले नेता रावलले बताउनुभयो । लिखित रुपमा दलहरुबीच सहमति नहुँदासम्म सहमति हुनै लाग्यो भनेर प्रचार गर्ननहुने रावलको भनाइ छ ।
हिजो साँझ बैठकबाट निस्केका प्रमुख चार शक्तिका नेताहरुले भने नेपाली सेनाको तालिम लिइरहेका माओवादी पूर्व लडाकुलाई दिइने दर्जा बाहेकका विषयमा करिब सहमति भइसकेको दावी गरेका थिए । कार्यदल र शीर्ष नेताबीच सहमति भए आज वा भोलिसम्ममा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्रीको रुपमा शपथ खुवाउने तयारी दलहरुले गरेका छन् । प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिननहुनेभन्दै परेका दुई ओटा रिटको सुनुवाई भने चैत १ गत्तेको लागि सारिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !