कृषि क्षेत्रलाई सहयोग गर्नुपर्नेमा सिन्धुलीका सरोकारवालाहरुको जोड

http://sindhulidarpan.blogspot.com/2013/04/agriculture.html
ध्रुवचन्द्र खड्का,
सिन्धुली,चैत २५ ।
कृषि क्षेत्रको विकास विना सिंगो देशको विकास असंभव भएकाले कृषि क्षेत्रलाई सहयोग गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । डाँडाटोल कृषक समुह कनपा ७ सिन्धुलीको चौथो वार्षिक साधारण सभालाई आज सिन्धुलीमाडिमा सम्वोधन गर्दै उनिहरुले यस्तो धारणा राखेका हुन् । साथै उनिहरुले जिल्लामा सन्चालित विभिन्न कृषक समुहहरुमध्ये डाँडाटोल कृषक समुह उत्कृष्ट भित्र पर्ने भएकाले समुहलाई सहयोग गर्न जिल्लका सरोकारवाला निकायहरुसंग आग्रह समेत गरेका छन् ।
समुहका अध्यक्ष चेतनाथ बरालको अध्यक्षता तथा जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका जेटिए दान वहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा सँस्थाका सचिव पाण्डव वरालले ५ लाख ३ हजार वरावरको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै वहाँले सँस्थाको आर्थिक वर्ष २०६६ देखि ६९ सम्मको प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका नेताद्धय खड्ग खत्री, प्रदिप कटुवाल, सहकार्य सहकारी सँस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, रेडियो सिन्धुलीगढीका धु्रवचन्द्र खड्का, जनवोलीका नविन श्रेष्ठ, अनिल भण्डारी, आइपिएम प्रशिक्षक लाल वहादुर श्रेष्ठ, स्थानिय किसानहरु गरि करिव ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई अरुणा पाल्पालिले स्वागत गर्नुभएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !