अमेरिकाको बोष्टन शहरमा बम बिष्फोटन, ३ जनाको मृत्यु
http://sindhulidarpan.blogspot.com/2013/04/bomb-blast-in-us.html
काठमाण्डौ,वैशाख ३ ।
अमेरिकाको बोष्टन शहरमा म्याराथनका क्रममा बम बिष्फोटन हुँदा तीन जनाको मृत्यु भएको छ । विस्फोटनमा करिव डेड सय घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बिबिसीले जनाएको छ । बोष्टन म्याराथन टुंग्याउने क्रममा भएको हो । घटनापछि अहिले बोष्टनका नागरिकमा त्रास छाउको छ भने अनुसन्धान पनि सुरु भएको छ।
घटनापछि टेलिभिजनबाट सम्वोधन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले घटनाको पूर्ण छानवीन गरिने र यसमा संलग्नलाई कडा कानुनी कारवाही गरिने बताउनुभयो । ओबामाले घटनाका बारेमा छिट्टै पत्ता लगाउने पनि प्रतिवद्धता जनाउनुभयो । पहिलो विस्फोटन भएको १५ मिनेटमा नै दोस्रो विस्फोटन भएको थियो । अहिले घटनापछि कसैलाई पनि घरबाट बाहिर निस्किन दिइएको छैन ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !