आज सहकारी दिवस


काठमाण्डौ,चैत २० ।
स्वाधीन अर्थतन्त्रको लागि सहकारी भन्ने नाराका साथ आज ५६ औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ । दिवसको अवसरमा राजधानी लगायत मुलुकभरका सहकारीसँग सरोकार राख्ने सङ्घसंस्थाहरुले ¥याली, सभा तथा छलफलको आयोजना गर्दैछन् । 

यसवर्षको सहकारी दिवस रचनात्मक रुपमा मनाउने पूर्व योजनाअनुसार एक हप्तादेखि सहकारीको विकासको बारेमा सरोकारवाला निकायसँग छलफललाई जारी राखिएको राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले जानकारी दिनुभयो । 

नेपालमा विसं २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्था स्थापित भएको स्मरणगर्दै प्रत्येक वर्ष चैत २० मा सहकारी दिवस मनाइदै आइएको छ । मुलुकभर करिब २६ हजारभभन्दा बढी सहकारी संस्थाहरु सञ्चालनमा रहेका छन् ।

Related

विविध 3399614993003404739

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item