सिन्धुलीको ६ घर परिवार डढेलोको जोखिममा

http://sindhulidarpan.blogspot.com/2013/04/sindhuli.html
पोष्टराज पहाडी, सिन्धुली,चैत २० ।
सिन्धुलीको हत्पते गाविस– १ मा रहेका ६ घरपरिवार डढेलोको उच्च जोखिममा परेका छन् । केही दिन अघिस्थानीय पाटनदेवी सामुदायिक वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा लिने प्रयास कही कतैबाट नएपछि ती घर परिवार जोखिममा परेको स्थानीय हरि गाउँलेले जानकारी दिनुभयो । गाउँलेका अनुसार पाटनदेवी सामुदायीक वन सहित हत्पते गाविसका दर्जन भन्दा बढी सामुदायीक वनहरुमा केही दिन अघिबाट डढेलो लागेको छ तर त्यसलाई नियन्त्रणमा लिने प्रयास गरिएको छैन । हत्पतेका गागन, कोप्चेखोला, गुठखर्क लगायत दर्जन भन्दा बढी सामुदायीकवनहरुमा डढेलो लागेको गाउलेले जानकारी दिनुभयो । डढेलो नियन्त्रणका लागि अहीले सम्म कुनै पहल नगरिएको पाटनदेवी सामुदायिक वन उपभोक्ता समूहका सचिव मदन ढुंगेलले बताउनु भयो । मधुगंगा सामुदायिक वनमा लागेको डढेलोका कारण एक साता अघि मधुगंगा महादेव मन्दिरमा समेत आगलागी भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !