सर्लाहीमा ३४ प्रतिशत भष्ट्राचार हुने गरेको खुलासा


सुरेश बिडारी  
सर्लाही,चैत २० ।
सर्लाहीमा ३४ प्रतिशत भष्ट्रचार भएको नेपाल सरकार राष्ट्रिय सर्तकता केन्द्र काठमाण्डौले जनाएको छ । केन्द्रले ३ दिन लगाएर गरेको अनुसंधानबाट जिल्लामा ३४ प्रतिशत भष्ट्राचार भएको पाइएको हो । अनुसंधानका क्रममा केन्द्रले जिल्लाका ८ ओटा कार्यालयमा गई छानविन गरेको थियो । केन्द्रले जिल्ला प्रशासन, जिल्ला विकास, मालपोत, जिल्ला प्रहरी लगायतका कार्यालयहरुमा अनुसंधान गरेको केन्द्रका उप सचिव अर्जून प्रसाद खनालले बताउनुभयो । उहाँले भष्ट्रचार देशका हरेक कार्यालयमा व्याप्त रहेको बताउनु भयो । भष्ट्रचार नियन्त्रण हाम्रो साझा दायित्व भएकोले यस विषयमा सबै सजग रहन आग्रह पनि गर्नुभयो ।

Related

विविध 4662065173760938246

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item