सर्लाही प्रहरी कार्यालयको हिरासतमै एक जनाको मृत्यु


रुपबहादुर विश्वकर्मा,
सर्लाही,चैत ३० ।
सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयले गएराति नियन्त्रणमा लिएको एक जनाको हिरासतमै मृत्यु भएको छ । एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका ढुंग्रेखोला गाविस २ दापडाँडाँका बाबुलाल घिसिङको प्रहरी हिरासतमा मृत्यु भएको हो । ४६ वर्षका घिसिङले हिरासत भित्रै आत्महत्या गरेको प्रहरी निरीक्षक दीपक न्यौपानेले दावी गर्नुभयो । 

हिरासत कोठामा एक्लै सुतेका घिसिङ तन्ना च्यातेर झ्यालको ग्रिलमा झुण्डिएको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । प्रहरीले घिसिङसँग कुनै सोधपुछ वा केरकार पनि नगरेको अवस्थामा आत्मग्लानीका कारण उनले आत्महत्या गरेको हुन सक्ने जनाएको छ । महिलालाई बलात्कार गर्न खोजेको आरोपमा घिसिङलाई हिजो दिउँसो ४ बजे स्थानीय महिलाहरुले नियन्त्रणमा लिएर साँझ प्रहरीको जिम्मा लगाएका थिए ।

Related

विविध 610544639512744909

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item