हत्या आशंकामा दुइ पक्राउ


दार्चुला,चैत ३० ।
बैतडी जिल्ला गोकुलेश्वर–८ देवगाउँका पूर्णदेव नाथको हत्या गरेको आशंकामा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्जर गाविस–२ का १८ वर्षीय रोशनबहादुर सिंह र २० वर्षीय डबलबहादुर सिंह रहेका छन् । नाथको चैत्र २५ गते गुल्जर गाविस २ धरमघरम नजिक चौलानी नदीमा शव भेटिएको थियो । नाथ खण्डेश्वरीबाट फर्केर सिंहको होटलमा बास बसेको प्रहरीले जनाएको छ । 

बास बसेको बेला राति हत्या भएको हुन सक्ने पीडित पक्षको निवेदनका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । मृतकका आफन्त कृष्ण नाथले आज जिल्ला प्रहरी कार्यालय दार्चुलामा ठाडो किटानी जाहेरी दर्ता गरेको डिएसपी कुवेर कडायतले बताउनुभयो । होटलमा बास बसेको आधारमा उनीहरुलाई अनुसन्धानको लागि पक्राउ गरिएको कडायतले बताउनुभयो ।

Related

विविध 3444950996309089879

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item