एमाले पहिलो शक्ति भए मुलुकले निकास पाउने एमाले अध्यक्षको दाबी


इलाम,चैत ३० ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी चुनावमा एमाले पहिलो शक्ति बने मात्रै मुलुकले सविधान पाउने वताउनुभएको छ । 
इलामको इरौटारस्थित बहुवन माविको रजत महोत्सवको समापन समारोहलाई सम्वोधनगर्दै अध्यक्ष खनालले मुलुकले सविधान र निकास पाउन अवको चुनावमा एमाले पहिलो शक्तिका रुपमा उभिनुपर्ने वताउनुभएको हो ।  एमाले देश र जनताको हितमा काम गर्ने पार्टी भएकाले अबको चुनावको पहिलो शक्तिका रुपमा खडा हुनेमा दुई मत नरहेको खनालको दावी  थियो । 
पहिला पनि एकीकृत नेकपा माओवादीका कारण सविधान नबनेको दाबीगर्दै फेरि माओवादी ठूलो दल हुन गए मुलुकले निकास नपाउने  खनालको भनाइ थियो । माओवादीले संघीयता सम्वन्धी वखेडा झिकेको आरोप लगाउँदै खनालले सविधान नपाउँदा मुलुकमा अन्यौलता वढेर देशले निकास नपाएको पनि बताउनुभयोे ।

Related

विविध 6750405673205857194

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item