वैद्य र यादवलाई पनि सहमतिमा ल्याउछु: कोइराला

http://sindhulidarpan.blogspot.com/2013/04/news_12.html
काठमाण्डौ,चैत ३० ।
नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले चार दलको सेण्डिकेटलाई आफूले बे्रक गर्ने दावी गर्नु भएको छ । रिपोर्टर्स क्लब नेपालले संविधानसभाको निर्वाचनको सुनिश्चितताको लागिभन्दै सुरु गरेको विशेष साक्षात्कारमा आज कोइरालाले आगामी महिनाबाट उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व आफूमा आउने र त्यसपछि मोहन बैद्य र उपेन्द्र यादवसँग वार्ता गरेर निर्वाचनमा ल्याउन प्रयत्न थाल्ने दावी गर्नुभयो । सभापति कोइरालाले वैद्य र यादवलाई पनि राजनीतिक संयन्त्रमा राख्नेभन्दै पहिला नै छलफल गरेर वैद्य र यादवलाई समितिमा ल्याउन आफूले आग्रह गरे पनि त्यस्तो हुन नसकेकोले अहिलेको समस्या भएको बताउनुभयो ।
कोइरालाले आगामी संविधानसभाको निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने स्पष्टपार्दै सम्बन्धीत निर्वाचन क्षेत्रमा जित्ने उम्मेदवारलाई छाड्ने गरी तालमेल हुने बताउनुभयो । प्रजातन्त्रिक पार्टी कमजोर हुँदा मुलुकमा प्रजातन्त्र कमजोर भएको र त्यसले राष्ट्र कमजोर बनाएको भन्दै काङ्ग्रेसको पक्षमा आगामी निर्वाचनबाट बहुमत आउन आवश्यक रहेको तर्क गर्नुभयो । प्राविधिक कारणले असारमा चुनाव नभए कात्तिक वा मंसिरमा निर्वाचन गराउनु पर्ने भन्दै कोइरालाले आज बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा समेत यो विषयमा मोटामोटी सहमति भएको खुलासा गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !