कस-कसले पाउने् भए त राष्ट्रिय पुरस्कार ?


काठमाण्डौ,चैत २९ ।


काठमाडौं,  चैत २९ । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न चारवटा विधाका राष्ट्रिय पुरस्कार–२०१२ यस पटक पनि प्रदान गर्ने भएको छ । त्यसका लागि विभिन्न क्षेत्रका चार जनाको नाम प्रतिष्ठानले सार्वजनिक गरेको छ । प्रतिष्ठानका अध्यक्ष गंगा ओलीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर विभिन्न चार जनाका नाम सार्वजनिक गरेका हुन् । सो पुरस्कार २०६७ सालमा स्थापना गरिएका हुन् ।

देशभित्र भइरहेका अनुकरणीय कार्यलाई सम्मान गर्न प्रतिष्ठानले रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार, गौरादेवी ओली स्मृतिआदर्श आमा पुरस्कार, अम्बिकादेवी ओली स्मृति पत्रकारिता तथा साहित्यिक पुरस्कार, देवीओली स्मृतिबाल पुरस्कार दिंदै आएको छ । यस वर्षको रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार–२०१२ तनहुं, धरमपानीका शन्तबहादुर गुरुङलाई दिने निर्णय भएको छ । पुरस्कारको राशी एक लाख एक हजार एक सय एघार रहेको छ ।

गौरादेवी ओली स्मृतिआदर्श आमा पुरस्कार–२०१२ मोरङ, विराटनगरकी सीता पोखरेललाई दिईने छ । अनाथ बालबालिकाको सेवा गरे वापत उनलाई एक लाख एक हजार एक सय एघार रुपियां प्रदान गरिने छ ।

अम्बिकादेवी ओली स्मृति पत्रकारिता तथा साहित्यिक पुरस्कार–२०१२ साहित्यकार नारायण ढकाललाई दिईने छ । सो पुरस्कारको राशी एक लाख एक हजार एक सय एघार रुपियां छ ।

देवी ओली स्मृतिबाल पुरस्कार–२०१२ काठमाडौंको सांखुका याजु श्रेष्ठालाई दिईने छ । उनलाई एकाउन्नहजार एक सय एघार रुपियां प्रादन गरिने छ । पुरस्कारहरु वैशाख–१६ गते काठमाडौंमा विशेष कार्यक्रम गरेर प्रदान गरिने छ । पुरस्कारहरुका लागि प्रतिष्ठानले एक करोडको अक्षयकोष समेत स्थापना गरेको छ ।

Related

विविध 7490082959108140580

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item