सहकारी नामको नयाँ पार्टीको घोषणा

काठमाण्डौ,चैत २९ ।

ठूला दलहरुको अदूरदर्शी राजनीतिको कारणले देश र जनताको दुःख पाएको दाबीसहित मुलुक र नेपाली जनतालाई समृद्धशाली बनाउने उद्घोषसहित सहकारी पार्टी नेपालको घोषणा भएको छ । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी बाटो बिराएका राजनीतिक दलहरुलाई सहकार्यमा ल्याउँदै देशको आर्थिक, सामाजिक विकासलाई नयाँ दिशाबाट समृद्धशाली बनाउने उद्देश्यले नयाँ पार्टी गठन गरिएको दाबी गरिएको छ । 

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष हिरामणी पौडेलले विशुद्धरुपमा नेपाली जनताको हित र उन्नतिका लागि राजनीति गर्दै आर्थिक विकासको लागि सबै नेपाली जनता, उद्योगी, व्यवसायी, व्यापारीलगायत सबै तह र तप्काका जनताहरुलाई समावेश गरी मुलुकलाई आर्थिक सम्पन्न र नेपाली जनतालाई स्वदेशमै रोजगारी प्रत्याभूति दिने दाबी पनि गर्नुभयो ।

Related

राष्ट्रिय 8889266179868606940

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item