आज चार जनाले ज्यान गुमाए

http://sindhulidarpan.blogspot.com/2013/04/death_11.html
भक्तपुर, चैत २९ । मुलुकका विभिन्न स्थानमा रथले च्यापिएर तथा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् । भक्तपुर जिल्लामा परम्परागत बिस्केट जात्राका क्रममा भैरव नाथको रथ तान्ने क्रममा रथले च्यापिएर दुई जनाको मृत्यु भएको छ । रथले च्यापिएर दश जना घाईते भएका छन् ।
भक्तपुर नगरपालिकास्थित परम्परागत रुपमा मनाउ“दै आईरहेको बिस्केट जात्राको भैरव नाथको रथ तान्ने क्रममा रथले च्यापिएर बुधबार राति तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मध्ये पा“च जना सामान्य उपचार पछि घर फर्किएका छन् । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१६ का १८ बर्षीय रुकेश सिलाकार, २२ बर्षीय धिरेन्द्र शिल्पाकार रहेका छन् ।
उता, खोटाङ र ओखलढुंगामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । खोटाङको फेदी–६ मा बुधबार बेलुका चट्याङ लागेर खरंग–५ का १८ बर्षीय दीपेन्द्र राईको घटनास्थलमै मृत्यु भएको छ । चट्याङले लागेर अन्य ९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुरमा लगिएको छ । घाइते मध्ये ४६ बर्षीया कुन्ता कुमारी अधिकारीको अवस्था गम्भीर छ । यता, ओखलढुंगाको दियाले–७ मा ३५ बर्षीय लक्ष्मीप्रसाद घिमिरेको घरमा बुधबार बेलुका चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको छ । रावादोलु–२ मा चट्याङ लागेरै ५७ बर्षीया निरमाया“ खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !