सिन्धुलीमा हुने चलचित्र महोत्सवको तयारी पूरा



पारखी माइला तामाङ,
सिन्धुली, चैत्र २९ ।
'आदिबासी ज्ञानको संरक्षण र प्रवर्दन' भन्ने नाराका साथ भोलिदेखि सिन्धुलीमाढीमा शुरु हुने 'पहिलो नेपाल अन्तर्राष्ट्रिय आदिबासी चलचित्र विस्तार महोत्सव'को सबै तयारी पुरा भएको छ । महोत्सव आयोजक संस्था प्राङबोला छार न्हान सिन्धुलीले आज एक प्रेश विज्ञप्ति जारी गरी महोत्सवको सबै तयारी पूरा भएको जनाएको हो ।

चलचित्र प्रदर्शनीका लागि आवश्यक प्राविधिक टोलि, चलचित्रका निर्माता तथा निर्देशक र आदिबासी जनजाति चलचित्र अभिलेख संस्था आईफाका प्रतिनिधिहरु सिन्धुली आईसकेको संस्थाका अध्यक्ष तथा चलचित्र महोत्सवका निर्देशक काजीमान थिङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै महोत्सवको उद्घाटन आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेल ललितपुरका सदस्य सचिब पी. वी. गोलेबाट भोली बिहान १० बजे सभागृह हलमा गरिने कार्यक्रम तय भएको पनि विज्ञप्तिमा लेखिएको छ ।


आदिबासी जनजातिहरुको परम्परागत ज्ञान्, सीप्, कला तथा भाषिक, साँस्कृतिक र समाजिक मूल्य-मान्यताहरुको संरक्षण र विकासमा टेवा पुर्याउने उद्देश्यले सिन्धुलीमा पहिलो पटक हुन लागेको महोत्सव ३ दिनसम्म चल्नेछ । महोत्सवमा ताइबान्, पेरु र नेपालका आदिबासी जनजातिसंग सम्बन्धित विभिन्न १८ ओटा चलचित्र तथा वृत्तचित्रहरु प्रदर्शन गरिने जनाएको छ ।

Related

मनोरञ्जन 677928579020483628

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item