‘जन्म र मृत्यु दुवैमा पूरुष अगाडी’

http://sindhulidarpan.blogspot.com/2013/04/birth-and-death.html
‘२ हजार ५ सय ६८ जोडी विवाह वन्धनमा बाधिय’
विदुर पौडेल,
सिन्धुली,चैत २९ ।
सिन्धुलीमा १० महिनाको अवधिमा १२ हजार ३ सय ३९ जनाको जन्म भएको छ । जिल्ला विकास समिति पञ्जिकरण शाखाका अनुसार जिल्लामा बैशाख देखि फाल्गुण महिनासम्ममा कमलामाई नगरपालिका र ५३ गाउँ विकास समितिमा दर्ता भएका जन्मदर्ताको अभिलेख अनुसार जिल्लामा यति बालबालिकाको जन्मको पुष्टि भएको जिल्ला विकास समिति सिन्धुली पञ्जिकरण शाखाका मुरारी प्रसाद बख्रेलले बताउनुभयो ।
उनका अनुसार जेठ महिनामा सवै भन्दा धेरै ३ हजार ८ सय ४७ जना बालवालिकाको जन्म भएको छ भने सवैभन्दा कम असोज महिनामा १ सय ६३ जना बालबालिकाको जन्म भएको छ । त्यसैगरी बैशाख महिनामा १ हजार ८ सय ४७ ,जेठमा ३ हजार ८ सय ४७ ,असारमा ६ सय ३० ,साउनमा ५ सय ६२, भदौमा ५ सय ९,असोजमा १ सय ६३ , कार्तिकमा ५सय ९२, मंसिरमा ९ सय ९८, पुसमा १ हजार ७ सय ३२ र माघमा १ हजार ४ सय ५४ जनाको जन्म भएको छ ।

अभिलेख अनुसार यस वर्ष जन्म हुनेमा बालकको संख्या वढी रहेको छ । जम्मा जन्म मध्ये बालक ६ हजार ३ सय २२ र बालिका ६ हजार १७ रहेका छन । यस अवधीमा जिल्लामा १ हजार २ सय १४ जनाको मृत्यु भएको छ । मृत्युहनेमा पुरुषको संख्या बढी रहेको छ । १० महिनाको अवधीमा ७ सय ६० पुरुषको मृत्यु भएको छ भने ४ सय ५४ जना महिलाको मृत्यु भएको छ ।
त्यसैगरी सिन्धुलीमा ११ महिनाको अवधिमा २ हजार ५ सय ६८ जोडी विवाह वन्धनमा वाधिएका छन । जिल्ला विकास समिति पञ्जिकरण शाखाका अनुसार जिल्लामा बैशाख देखि फाल्गुण महिनासम्ममा कमलामाई नगरपालिका र ५३ गाउँ विकास समितिमा दर्ता भएका विवाह दर्ताको अभिलेख अनुसार यी जोडीहरु विवाह वन्धनमा वाधिएको पुष्टी भएको जिल्ला विकास समिति सिन्धुली पञ्जिकरण शाखाका बख्रेलले बताउनुभयो ।
उनका अनुसार जेठ महिनामा सवै भन्दा धेरै ४ सय ७० जोडि विवाह वन्धनमा वाधिए भने सवैभन्दा कम असोज महिनामा ५२ जोडीमात्र विवाह वन्धनमा वाधिएका छन । त्यसैगरी बैशाख महिनामा २ सय ५४,जेठमा ४ सय ७० ,असारमा १ सय ५३ ,साउनमा १ सय ५७, भदौमा १ सय २१,असोजमा ५२, कार्तिकमा १ सय ८८, मंसिरमा ३ सय १९, पुसमा ३ सय ६६, माघमा २ सय ८४ र फाल्गुणमा २ सय ४ जोडि विवाह वन्धनमा वाधिएका छन ।
जिल्लाका सवै गाविस र नगरपालिकामा भएका घट्ना दर्ताको रेकडअनुसार ११ महिनाको अवधिमा यी जोडीहरु वन्धनमा वाधिएको देखिएको बख्रेलले वताउनुभयो । उहाँका अनुसार जिल्लाबाट वाहिर विवाह भएर गएकाहरुको भने कुनै पनि तथ्याङ नहुने बताउनुभयो । बैशाख देखि माघ सम्ममा जिल्लाभरीमा ५३ गाविस र नगरपालिकामा सम्वन्ध विच्छेद गर्नेको संख्या भने निकै नै कम रहेको छ । जिल्ला विकास पञ्जिकरण शाखाका अनुसार यस अवधीमा जम्मा ४ जोडीले मात्र सम्वन्ध विच्छेद गरेका छन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !