धनुषामा भएको आगलागीबाट २२ लाखभन्दा बढीको क्षति

http://sindhulidarpan.blogspot.com/2013/04/fire_10.html
जनार्दन पोखरेल,
महोत्तरी,चैत २८ ।
महोत्तरी र धनुषाको सीमानामा पर्ने धनुषाको तुलसी ५ विश्वम्भरमा आज विहान आगलागी हुँदा २२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । आगलागीबाट चार वटा दुइ तले काठको घर र तीन वटा गोठ जलेर नष्ट भएको छ । आगलागीमा घर भित्र रहेका सम्पूर्ण सरसमानसँगै गोठमा बाँधिएका तीन वटा गाई, केहि खसीबाख्र र कुखुरा पनि जलेको स्थानिय प्रेम कार्कीले जानकारी दिनुभयो ।

विहान ८ बजेदेखि शुरु भएको आगलागि बाह्र बजेछि नियन्त्रणमा आएको थियो । स्थानिय गंभिर विश्वकर्माको घरबाट शुरु भएको आगोले छिमेकी विरबल विश्वकर्मा, टेकबहादुर विश्वकर्मा र कूलबहादुर विश्वकर्माका तीन वटा टायलको छाना भएका घर, एउटा पक्की घर र तीन वटा खरको छाना भएका गोठ जलेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !