नागरिकताविनै भोट हाल्न पाउनुपर्छ : उपेन्द्र


काठमाडौं,  चैत २८ । 
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विनानै मतदाता नामावली संकलन गर्नुपर्ने माग गरेका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष यादवले तराईका नागरिकता विहान नेपाली नागरिकलाई पहिला सहज रुपमा नागरिकता दिनुपर्ने माग गरे । ‘निर्वाचन भन्दा पहिला गाविसको सिफारिस, गाँउले सर्जमिन, मोहियानी वा अन्य सम्पतिको निस्सा तथा करतिरेको रसिदका आधारमा अभियानकै रुपमा नागरिकता वितरण गर्नु पर्छ,’ उनले भने, ‘मतदाता नामावलीका लागि नागरिकता अनिवार्य गर्नु हुँदैन ।’
उनले विगतका मतदाता नामावलीमा नाम भएकालाई नागरिकता नभए पनि भोट हाल्न दिनु पर्ने माग गरे ।
२०६८ सालको जनगणना अनुसार पुनः निर्वाचन क्षेत्र निर्धारण हुनु पर्ने बताएका अध्यक्ष यादवले समानुपातिक प्रतिनिधित्व पहिलाकै आधारमा हुनु पर्ने माग गरे । उनले समानुपातिक कोटा बढाउनु पर्ने समेत माग गरे ।
उनले संविधानसभा र स्थानीय निकायको निर्वाचन एकै पटक गर्नु पनि प्रस्ताव गरेका छन् ।
दलहरुका वीच आमरुपमा सहमति बन्न नसकेसम्म मुलुकमा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने उनको भनाई छ । उनले भने, ‘अहिले दलहरुवीच आमसहमति नभएसम्म निर्वाचन हुनसक्दै ।’

Related

विविध 7809366643883986358

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item