सिन्धुलीमा हुने महोत्सवको तयारी तिब्र


  अञ्जु तामाङ,
सिन्धुली,चैत १९ ।
सिन्धुलीमाढीमा हुन गईरहेको पहिलो नेपाल अन्तर्राष्ट्रिय आदिबासी चलचित्र विस्तार महोत्सवको तयारी तिब्र पारिएको छ । आदिबासी ज्ञानको संरक्षण र प्रबद्र्धन गर्ने उद्देश्यले प्राङ्बोला छार न्हान सिन्धुलीले यही चैत्र ३०, ३१ र बैशाख १ गते सिन्धुलीमाढीमा पहिलो नेपाल अन्तर्राष्ट्रिय आदिबासी चलचित्र विस्तार महोत्सवको आयोजना गर्दैछ । तयारीको क्रममा आयोजकले आज सिन्धुलीमाढीमा आदिबासी जनजाति महासंघमा आवद्ध सरोकारवाला विभिन्न एकल जातीय संस्थाका प्रतिनिधिहरुसंग छलफल गरेको छ । 

छलफलले महोत्सवको व्यापक प्रचारप्रसार गर्ने, चलचित्र प्रदर्शनी स्थलमा जातीय पहिचानका भेषभूषाहरु राख्ने लगायतको निर्णय गरेको महोत्सव आयोजक संस्था प्राङ्बोला छार न्हानका अध्यक्ष काजीमान थिङले जानकारी दिनुभयो । महोत्सवमा प्रदर्शन गरिने चलचित्रहरुको छनौट भइसकेको र ३ दिने महोत्सवमा विभिन्न आदिबासी जनजातिहरुको कला, संस्कृति तथा मुद्धासंग सम्बन्धित स्वदेशी तथा विदेशी गरी १८ ओटा चलचित्रहरु प्रदर्शन गरिने थिङले बताउनु भयो ।

Related

स्थानिय 5998916574032846017

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item