तीन दिने आँखा शिवीर सकियो, करिव ९ सयले आँखा जाँच गराए, ११५ जनाको अप्रेसन

http://sindhulidarpan.blogspot.com/2013/03/eye-care_31.html
ध्रुवचन्द्र खड्का,
सिन्धुली,चैत १८ ।
सिन्धुलीमाढीमा मंगलवारदेखि सुरु भएको निःशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । तिन दिनसम्म सन्चालन भएको शिवीरमा ८ सय ९७ जनाले आँखा जाँच गराएका छन् भने १५ जनाको आँखाको अप्रेसन गरिएको आयोजकले जनाएको छ । नेपाल नेत्र ज्योति संघ तथा कर्मयोगी बद्रीविक्रम थापा स्मृति गुठी र नेपाल रेडक्रस सोसाईटीद्धारा संचालीत सामुदायिक आँखा उपचार केन्द्रको संयुक्त आयोजनामा शिविर सन्चालन गरिएको हो । डा. इन्दु ढुंगेलको टोलीले मोति विन्दुका रोगीहरुको आँखा अप्रेसन गरेको थियो ।
सवैको सेवाका लागि आयोजना गरिएको शिवीर भएकाले विशेषगरि असहाय र गरिव वर्गका रोगिहरुका लागि शिवीर प्रभावकारी वनेको गुठीका कोषाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । सिन्धुली लगायत रामेछाप, महोत्तरी, सर्लाही तथा वखलढुंगावाट पनि आँखाका रोगीहरु उपचारका लागि आएका थिए । आर्थिक अभावका कारण आँखामा रोग पालेर वस्न वाध्य भएका आँखा रोगिहरुका लागि शिवीरले नयाँ संसार देखाउने काम गरेको सेवाग्राहिहरुको भनाइ छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !