जनकपुरमा काँक्रोको व्यापार बढ्यो


जनकपुर,चैत १८ ।
गर्मी लागेसंगै जनकपुरमा काँक्रोको व्यापार बढेको छ । काँक्रो खाँदा शरीरमा पानीको कमी हुन नदिने भएकाले गर्मीयाममा काँक्राको बिक्री बढेको व्यवसायीहरुले बताएका छन् । अहिले जनकपुरमा काँक्रोको मुल्य १५ देखि २० रुपैयासम्म प्रतिकिलो बिक्री भइरहेको छ ।


 बैशाख, जेठमा तराई क्षेत्रमा निकै गर्मी हुने भएकाले किसानहरु गर्मीमा धेरै बिक्री हुने फलफूल काँक्रो र तरबुजा खेतीमा लागेका छन् । कमला, जमुनी, जलाधी नदी किनारमा तरबुजाको खेती बढी फस्टाउँदो छ । नदी किनारको जग्गाहरु सदुपयोग गरी प्रत्येक वर्ष राम्रो आम्दानी गर्ने गरेको तरबुजा खेती गर्ने किसान दिनेश यादवले बताउनुभयो ।

Related

प्रमूखखबरहरु 2300389240146927647

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item