बैशाख २७/२८ मा स्ववियू निर्वाचन हुने कर्णको ठोकुवा

http://sindhulidarpan.blogspot.com/2013/03/blog-post_31.html
ध्रुवचन्द्र खड्का,
सिन्धुली,चैत १८ ।
नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष रञ्चित कर्णले चैत्र २३ गते सम्ममा स्ववियू निर्वाचनको मिति घोषणा नभए आमरण अन्सनमा बस्ने घोषणा गर्नुभएको छ । नेपाल विद्यार्थी संघ सिन्धुलीले माडिबजारमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कर्णले नेपालमा निर्वाचित संगठन भनेको स्ववियू मात्र भएको दावी गर्नुभयो । साथै वहाँले आगामी बैशाखको २७ वा २८ मा स्ववियू निर्वाचन हुने ठोकुवा समेत गर्नुभयो ।
सबै विद्यार्थी संगठनहरु एक ठाउमा आएर कस्तो प्रकारको चुनाव गर्ने भन्ने सहमति गरेर चुनावमा जानुपर्ने धारणा राख्दै कर्णले मन्त्री परिषदको अध्यक्ष भए पछि खिलराज रेग्मीले प्रधानन्याधिषको पदबाट नैतिक रुपमा नै राजिनामा दिनु पर्ने वताउनु भयो । पत्रकार भेटघाट कार्यक्रममा वोल्दै वहाँले २० लाख विद्यार्थीहरु आफ्नो स्थायी वसोबासबाट अध्ययनको लागि देशका विभिन्न स्थानमा रहेकाले अध्ययन गर्ने स्थलबाट नै आगामी निर्वाचनमा भोट हाल्न व्यवस्था मिलाउनु पर्ने वताउनु भयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !