नेपाल आज सिंगापुरसँग भिड्दै

http://sindhulidarpan.blogspot.com/2013/03/cricket_31.html
काठमाण्डौ,चैत १८ ।
एसीसी ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । अहिले बिहान सवा नौ बजे त्रिबिविको खेल मैदान किर्तिपुरमा हुने खेलमा नेपालले जीतको तयारी गरेको छ । सिंगापुरलाई हराए नेपाल समुहको उपविजेता बन्दै सेमिफाइनल पुग्नेछ ।समूह ए बाट सबै चार खेल जितेर हङकङ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।
हिजो मलेसियालाई १९ रनले हराएपछि नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । प्रतियोगिता अन्र्तगत आजै किर्तपुर मैदानमा दिउँसो सवा १ बजे बहराइन र युएई भिड्ने छन । यस्तै पुल्चोक मैदानमा पहिलो खेल अफगानिस्तान र कुवेत तथा दोश्रो खेल मलेसिया र मालदिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !