सरकारी कार्यालय मधेशबाट हटाउन भुमिगत समूहको चेतावनी


 लहान,चैत १८ ।
भुमिगत आन्दोलन गर्दै आएका तराई कम्युनिष्ट पार्टीले मधेशबाट सम्पूर्ण सरकारी कार्यालय हटाउन सरकारलाई चेतावनी दिएको छ । पार्टीका अध्यक्ष मनोज मक्ति (बिबेक)ले जारी गरेको विज्ञप्ती मार्फत माग गर्नुभएको हो । मधेशबाट सरकारी कार्यालय हटाउनु पर्ने,सरकारी कर्मचारीलाई राजीनामा दिएर संयुक्त जनविद्रोहमा योगदान दिनुपर्ने र संविधानसभाको निर्वाचन बहिष्कार गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ । 

जिल्ला विकास समिति सिरहाका स्थानीय विकास अधिकारी विजयराज सुवेदीको सरकारी निवासमा शक्रवार साझ भएको बम विस्फोटको जिम्मा लिदै जारी गरेको विज्ञप्तीमा विभिन्न तीन सुत्रिय माग नेपाल सरकारसंग राखेका छन् । जिविस सिरहामा बम विस्फोट गराएर चर्चामा आएका तराई कम्युनिष्ट पार्टीले यस्तो चेतावनी दिएपछि मधेशका जिल्लाहरुमा कार्यरत कर्मचारीहरु आतंकित बनेका छन् ।

Related

राष्ट्रिय 5715452538886616363

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item