सिन्धुलीको जसेदमारलाई मदिरा निधेषित क्षेत्र घोषणा गरिने


रमा कार्की,   
सिन्धुली,चैत १८ ।
सिन्धुलीको कमलामाई ६ मा रहेको जसेदमारलाई मदिरा निधेषित क्षेत्र घोषणा गरिने भएको छ । नागरिक सचेतना केन्द्र ६ का अध्यक्ष पार्वती कुमारी लामाको अध्यक्षतामा भएको घुम्ति बैठकले अब १५ दिन भित्रमा गाउँलाई मदिरा निषेधित बनाउने निर्णय गरेको हो । केन्द्रले स्थानीय संघसंस्था र स्थानीय सँग छलफलगरी १५ दिन सम्ममा घरघरमा भएका मदिरा हटाउन तथा मदिरा सेवन गर्नेलाई बानी सुधार्न आग्रह गरेको छ ।

 दिएको समयभन्दा पछि पनि उत्पादन गरेको र सेवन गरी होहल्ला गर्ने तथा महिला वालबालिकालाई असर पुग्ने कुनै पनि कार्य गरको पाइएमा  स्थानीय संघसंस्था, प्रहरी प्रशासनको सहयोग लिएर कानुन अनुसार कार्वाही प्रक्रिया अगाडी वढाउने निर्णय गरिएको सामाजिक परिचालक विमला पाण्डेले जानकारी दिनुभयो ।

Related

स्थानिय 3342761001474889330

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item