निःशुल्क आँखा शिविरमा अहिले सम्ममा ४८ जनाको शल्यक्रिया,शिविर आज सकिने


रमा कार्की,
सिन्धुली,चैत १८ ।
सिन्धुलीमाढीमा सञ्चालित निःशुल्क आँखा शिविरमा अहिलेसम्म ४८ जना मोतियाविन्दु रोगीको आँखाको शल्यक्रिया गरिएको छ । शिविरमा ६ सय ७७ जनाको आँखा जाँच गरिएको छ । शिविरको अन्तिम दिन आजसम्म दुई सय जनाको शल्यक्रिया गर्ने लक्ष्य रहेकोे नेपाल रेडक्रस शाखा सिन्धुलीका सभापति एवं शिविर व्यवस्थान समितिका अशोक श्रेष्ठले जानकारी दिनुभयो ।  

नेपाल नेत्र ज्योति संघ तथा कर्मयोगी बद्रीविक्रम थापा स्मृति गुठी र नेपाल रेडक्रस सोसाईटीद्धारा संचालित सामुदायिक आखा उपचार केन्द्रको  संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो  । आँखा जाँचका लागि  सिन्धुली लगायतका छिमेकी जिल्लाहरुवाट समेत आँखाका रोगीहरु आएका छन् ।


Related

विविध 729613102821019336

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item