अवरोध भए पनि मतदाता नामावली संकलन कार्य नरोकिने


प्रकाश सुन्दास,
काभ्रे,चैत १८ ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली संकलनलाई आज पनि निरन्तरता दिइरहेको छ । नेकपा–माओवादीका कार्यकर्ताहरुले जिल्लाका विभिन्न गाविसमा अवरोध पु¥याएपनि राष्ट्रिय कार्यक्रम भएकाले मतदाता नामावली संकलन नरोकिने निर्वाचन कार्यालयले जनाएको छ । आज कोशीपारी क्षेत्रको कात्तिके देउराली, चौबास, तिमाल क्षेत्रको पोखरीनारायण स्थान, सस्र्यूखर्क, सिसाखानी र श्यामपाटी गाविसमा मतदाता नामावली संकलन गर्न टोली पुगिसकेको जिल्ला निर्वाचन अधिकृत हरिषचन्द्र घिमिरेले जानकारी दिनुभयो । नेकपा–माओवादीका कार्यकर्ताहरुले यसअघि कुरुवाबास चापाखोरी, श्यामपाटी र छत्रेबाँझ गाविसमा नामावली संकलनमा अवरोध पु¥याएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेले आवश्यकता अनुसार न्यूनतम ५ जनादेखि माथिको संख्यामा मतदाता नामावली संकलन टोलीको सुरक्षार्थ प्रहरी परिचालन गरेको छ ।

Related

विविध 8926176850616049630

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item