सरकारको विपक्षमा रहेका ३३ दल आज पनि छलफल गर्दै

http://sindhulidarpan.blogspot.com/2013/03/goverment.html
काठमाण्डौ,चैत १८ ।
खिलराज रेग्मी नेतृत्वको सरकारले गराउने संविधानसभा निर्वाचनको विपक्षमा रहेका ३३ दलको बैठक आज पनि बस्दैछ । दिउँसो बस्ने बैठकमा आन्दोलनका कार्यक्रमको प्रभावकारीता र चुनावको विपक्षीको रणनीतिका विषयमा छलफल हुनेछ । सरकारसँग वार्ता नगर्ने निष्कर्षमा पुगेका ३३ दललले चुनावमा जनाउने सहभागिताका विषयमा पनि छलफल गर्ने नेकपा–माओवादी सचिव देव गुरुङले जानकारी दिनुभयो ।
सरकारको विपक्षमा एकमत भए पनि ३३ दलभित्र चुनावको सहभागिताका विषयमा फरक धारणा छ । गुरुङका अनुसार दिउँसो माओवादी पार्टी कार्यालय बुद्धनगरमा बैठक बस्ने तय भए पनि समयका विषयमा छलफल भइरहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !