दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचारका लागि रकमको अभाव


सुरेश बिडार,
सर्लाही,वैशाख  ९ ।
लालबन्दी बजारमा कष्टमेटिक व्यापार गर्दै आएका व्यापारीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचारका लागि रकमको अभाव भएको छ । मध्यम आर्थिक स्थिति भएका जब्दी–८ का भोला साहको उपचारमा समस्या भएको हो । विर अस्पतालमा स्वास्थ्य परिक्षण गराउँदा मिर्गौला ल्याएर शल्यक्रियाका लागि मात्र ८ लाख खर्च लाग्ने चिकित्सकहरुले बताएपछि परिवार समस्यामा परेका छन् । अहिले सम्म २ लाखको हाराहारीमा मात्रै रकम जुटाउन सकिएको भाई नागेन्द्र साहले बताउनुभयो । 

यसैबीच व्यापारीहरुले साहको उपचारका लागि आथिक संकलन अभियान सुरु गरेका छन् । हरिवनका व्यापारीहरुबाट २० हजार रुपैंया नगद संकलन गरिएको लालबन्दीका व्यापारी मोहन साहले जानकारी दिनुभयो । त्यस्तै लालबन्दीमा पनि रकम संकलनका लागि तयारी भैरहेको अर्का व्यापारी नविन पन्तले बताउनुभयो । सक्दो आर्थिक सहयोग गरिदिन परिवारजनले सबैसँग आग्रह पनि गरेका छन् । सहयोग गर्न चाहानाले मोबाईल नं ९८४४०५१५७२ मा सम्पर्क गर्न सक्नुहुनेछ ।


Related

विविध 4082268981856379924

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item