सिन्धुलीमा एकिकृत घुम्ती सेवा संचालन

मिनकुमार दाहाल,
सिन्धुली,वैशाख ९ ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाको विभिन्न चार स्थानमा मंगलवारवाट एकिकृत घुम्ती शिवीर संचालन गर्न थालेको छ । एकिकृत घुम्ती शिवीर वैशाक १० गते देखी २८ गते सम्म संचालन हुने छ ।  जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार पहिलो चरणमा घुम्ती शिवीर खोलागाँउको चनौटेलाई केन्द्र विन्दु मानेर आसपासका तोश्रामखोला, महादेवडाडा, रत्नावती, खोलागाँउ, वाहुनतिल्पुङ्ग, पोखरी, खाङ्गसाङ्ग, स्वल्पाठाना गाविसका जनतालाई सेवा प्रदान गरिने छ । त्यसै गरी दोस्रो चरणमा १५ गते देखी १७ गते सम्म नेत्रकाली गाविसको वेलवोटलाई केन्द्र विन्दु मानेर शान्तेश्वरी,नेत्रकाली,तामाजोर,वस्तीपुर,अमले गाविसका जनतालाई एकिकृत घुम्ती टोलीले सेवा प्रदान गर्ने छ ।
यसै गरी तेश्रो चरणमा महेन्द्रझयाडी लाई केन्द्र विन्दुमानेर १९ गते २२ गते सम्म कपिलाकोट, हरिहरपुरगढी, पिपलमाढी, महेन्द्रझ्याडी, कल्पवृक्ष तथा क्यानेश्वर गाविसका जनतालाई सेवा प्रदान गरिने भएको छ ।
घुम्ती शिवीरले चौथोचरणमा डाडीको मंगलपुरलाई केन्द्र विन्दु मानेर २५ गते देखी २८ गते सम्म अरुणठाकुर, ककुरठाकुर, जिनाखुँ, हर्षाही, आम्वोटे, टाँडी, लदाभीर, दुधौली तथा र्सिर्थौली गाविसका जनालाई सेवा दिने भएको छ ।
एकिकृत घुम्ती शिवीरमा नागरिक्ता,फोटो सहितको मतदाता परिचय पत्र वितरण,स्वास्थ्य सेवा,कृषि,पशु,अपाङ्ग परिचयपत्र,सामाजीक सुरक्षा भत्ता तथा अन्य सचेतना सम्वन्धी सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिनुभयो ।
जनताको घरदैलोमा पुगेर सेवा प्रदान गर्दा सामान्य काम लिएर सदरमुकाम आउनु पर्ने वाध्यताको अन्त्य हुने प्रजिअ आचार्यले वताउनुभयो ।

Related

स्थानिय 1875272370724205679

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item