सिन्धुली जलमग्न, यातायात ठप्प

http://sindhulidarpan.blogspot.com/2013/04/sindhuli_21.html
सिन्धुली,वैशाख ८ ।
तीन दिन देखि भएको लगातारको वर्षाले सिन्धुलीका ग्रामिण भेगमा चल्ने यातायातका साधनहरु संचालनमा समस्या भएको छ । पानी धेरै परेकाले कतिपय ठाउमा बाटो भत्कीएको र चिप्लो भएकाले यातायातका साधान चलाउन समस्या भएको यातायात व्यवसायीहरुले बताएका छन ।
तीन देखिको पानीले ग्रामिण भेगका कच्चि सडकहरुमा क्षति पुगेपछि स्थानीय समेत समस्यामा परेका छन । सिन्धुली सदरमुकाम हुदै चल्ले मरिण, पातीपरान, चक्मके लगायतका ठाउँहरुमा यातायात संचालनमा आउन सकेको छैनन । चदाहा मरिण खोलामा बढी आएपछि त्यस क्षेत्रमा यातायतका साधनहरु प्रभावित भएका हुन ।
यातायात संचालनमा नआएपछि त्यसभेगका मानिसहरुलाई आवतजावत तथा दैनिक उपभोग्य सरसामान ओसारपसारमा निकै समस्या भएको छ ।
हिजो साझ सर्लाहीको लालबन्दीबाट सिन्धुलीको कपिलाकोट छाप धमिलेको लागि छुटेको बस गए राति कालिन्जोर खोलाले बगाएको थियो । परवानीपुर गाविसको बोहोरे गाँउमा ना २ ख ६५ ७७ बस बगाएको हो । बसका सावर यात्रु भने सकुशल रहेका छन । बससँगै सबै यात्रुको सरसमान पनि वगाएकोले लाखौंको क्षति भएको अनुमान प्रहरीले गरेको छ । रातको समयमा बस खोलाले बगाएपछि ५० जनाको हाराहारीमा रहेका यात्रुहरुको पनि बिचल्ली भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !