जलेश्वर नगरसहित ४५ गाविसमा विद्युत अबरुद्ध

http://sindhulidarpan.blogspot.com/2013/04/electricity.html
जनकपुर, वैशाख ८ ।
महोत्तरीका दर्जनौँ बस्तीमा विद्युत सेवा अबरुद्ध भएको छ । अस्ती विहानदेखि विद्युत्सेवा अवरुद्घ भएपछि जिल्ला सदरमुकाम जलेश्वर नगरसहित ४५ गाविसका बासिन्दा बत्तीबिना नै बस्न बाध्य भएका हुन् । लगातार तीन दिनदेखि विद्युत्सेवा बन्द हुँदा जनजीवन कष्टकर बनेको छ । विद्युत्सेवा बन्द हुँदा स्कुले छात्रछात्राको पठनपाठन, स–साना लघुउद्यम, रेडियो तथा पत्रपत्रिका र व्यापारिक कारोबारका काम प्रभावित भएका छन् ।
भारतको विद्युत्मा निर्भर जिल्लाको मध्य तथा दक्षिणवर्ती क्षेत्रका ४५ गाविस र जलेश्वर नगरपालिका क्षेत्रमा विद्युत्सेवा सुचारु हुन अझै केही समय लाग्ने नेपाल विद्युत् प्राधिकरण जलेश्वर वितरण केन्द्र महोत्तरीले जनाएको छ । भारतको सीतामढी जिल्लामा पर्ने कुम्हाबजारमा नेपालतर्फ ल्याइएको विद्युत् लाइनको खम्बा भाँच्चिएर ढल्दा विद्युत्सेवा अवरुद्घ भएको केन्द्रका प्रमुख जितेन्द्र झाले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !