ओखल्ढुंगामा वैशाख महिना मै टोल फ्रि नम्वर सेवा सञ्चालन हुने


बिनु राई, ओखल्ढुंगा, वैशाख ८ ।
ओखल्ढुंगामा वैशाख महिना भित्रै टोल फ्रि नम्वर  सेवा सञ्चालन  हुने भएको छ । ओखल्ढूंगा जिल्ला स्वास्थ्य कार्यालयलेसेवा सञ्चालन गर्न लागेको हो । जिल्लामा स्वास्थ्य सेवाको पहुँच बढाउन, विभिन्न घटना, कार्यक्रम सजिलै थाहा पाउन र दिन यो सेवा सञ्चालन गर्न लागिएको हो । 

टोल फ्रि सेवा सञ्चालन भए पछि सर्वसाधारण, स्वास्थ्यकर्मी, सबैले आफ्नो समस्या विना पैसा फोन गरेर राख्न सक्नेछन, स्वास्थ्य सम्बन्धि फोनबाटै सल्लाह सुझाब लिन र दिन सकिने छ । यस सेवाले गुणस्तरीय स्वास्थ्य सेवामा समेत टेवा पुग्ने ओखल्ढुंगा जिल्ला स्वास्थ्य कार्यलय प्रमुख ज्ञान बहादुर बस्नेतले बताउनु भएको छ । अहिले सेवा सञ्चालनको लागि आवश्यक तयारी भैरहेको कार्यालयले जनाएको छ ।

Related

विविध 8493620575479497135

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item