पासाङ ल्हामु शेर्पाको सम्झनामा कायक्रम गरिदै

http://sindhulidarpan.blogspot.com/2013/04/mountain.html
काठमाण्डौ,वैशाख १० ।
आज पासाङ ल्हामु शेर्पाको स्मृति दिवस मनाइदै छ । सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रथम नेपाली महिला शेर्पाले २०५० साल बैशाख १० गते आजकै दिन सगरमाथाको चुचुरोमा पाइला राख्नु भएको थियो । सगरमाथाको चुचुरोमा नेपालको झण्डा फहराएर सगरमाथा आरोहण गर्ने विश्वका सत्रौ र नेपालकी पहिलो महिला रुपमा परिचय बनाउनु भएको थियो । आरोहणपछि फर्किने क्रममा पासाङको निधन भयो । पासाङ ल्हामुको साहसको सम्मान गर्दै नेपाल सरकारले नेपालको राष्ट्रिय विभूति घोषणा गरेको थियो । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले आज कार्यक्रम गर्दैछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !