छोरीलाई बिष खुवाएर आमाद्धारा आत्महत्या

http://sindhulidarpan.blogspot.com/2013/04/suside.html
दाङ,चैत २६ ।
दाङको मानपुर गाबिसमा एक आमाले एक बर्षिया छोरीलाई बिष खुवाएर हत्यागरि आफुले पनि आत्महत्या गरेका छन् । मानपुर गाबिस २ सन्नेवा निबासी २१ बर्षिय सानु चौधरीले १ बर्षिया छोरीलाई गएराती १० बजे बिष खुवाएर हत्या गरेर आफुले पनि बिष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बिष सेवनबाट गम्भीर बिरामी भएका आमाछोरीमो उपचारका लागि घोराही ल्याउदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकहरुको शबलाई पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रिय अस्पतालमा राखिएको छ । घटनाका बारेमा अनुसन्धानका लागि मृतककी श्रीमान हरिबहादुर चौधरी सँग सोधपुछ सुरुगरिएको प्रहरीले जनाएको छ । यस अघि देउखुरीमा पनि एक महिलाले दुई छोरालाई बिष सेवन गराई आफुले पनि सेवन गरि आत्महत्या गरेकी थिइन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !