माईती नेपालद्धारा १४ जना चेलीको उद्धार


 कैलाली, चैत २६ ।
माइती नेपालले पछिल्लो तीन महिनामा  १४ जना महिलाकाृे उद्धार गरेको छ । सन २०१३ को जनवरीदेखि हालसम्ममा सीमा नाकामा बेचविखनका लागि लगीएका १४ जना महिलाकाृे उद्धार गरेको होे । धनगढीको गौरीफण्टा नाका भएर भारत लैजान लगीएका महिलाहरुलाई सीमामा उद्धार गरील्याइएको माईती नेपाल आबधिक गृह धनगढीले जानकारी दिएको छ ।

 उद्धारमा परेका १४ जना महिला मध्ये ३ जनालाई सीपमुलक तालिमका लागी काठमाण्डू पठाएको छ भने बाँकीलाई आफन्तको जिम्मा लगाइएको छ ।  माईती नेपाल आबधिक गृह धनगढीले अघिल्लो बर्ष २०१२ मा ६९ र सन् २०११ मा ८१ जना महिलाको उद्धार गरेको थियो । पछिल्ल समयमा दलालहरुको वेचविखन गर्ने शैली परिबर्तन भएकोले सीमा नाकामा कम मात्रै महिलाहरु उद्धार हुने गरेको भए पनि वेचविखनमा भने कमी नआएको संयोजक शिवचरण चौधरीले बताउनुभयो ।

Related

विविध 66017068747469354

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item