महिलामाथि कुटपिट


 नुवाकोट,चैत २६ ।

नुवाकोटको चारघरे गाँउ विकास समिति वडा नम्बर २ मान्द्रे ढुङ्गा गाँउमा एक महिला आफ्नै श्रीमानबाट निर्घात पिटिएपछि अस्पताल भर्ना हनुुभएको छ । २८ वर्षीया निर्मला राईलाई श्रीमान चन्द्रबहादुर राईले शरीरको विभिन्न स्थानमा कुटपिट तथा पासो लगाएर हत्या गर्ने प्रयास स्वरुप घाटी कसेपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा जिल्ला अस्पतालमा भर्ना हुनुभएको छ । 

घाटी कस्ने क्रममा मुखबाट धेरै रगत बगेकाले निर्मलाको शरिरमा रगतको अभाव भएको चिकित्सकले बताएका छन् । शुक्रबार घरमा भएको समान्य झगडापछि चन्द्रबहादुरले सोही दिन समान्य कुटपिट गरेको र हिजो हत्या गरिदिन्छु भन्दै घाटी कसेर निर्घात कुटपिट गरेको पीडित निर्मलाले बताउनुभएको छ । निर्मलाले हिजो मात्र प्रहरी कार्यालय नुवाकोटमा उजुरी गरेपछि प्रहरीले उद्धार गरेको थियो । श्रीमति कुट्ने चन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Related

विविध 2023506619107871947

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item