काभ्रेको तीन गाविसबाट ब्यवसायीक जुडिबुटी खेती सुरु

http://sindhulidarpan.blogspot.com/2013/04/harbal.html
प्रकाश सुन्दास, काभ्रे,चैत २६ ।
जिल्ला वन कार्यालय काभ्रेले सहयोग गर्न थालेपछि जिल्लाको तीन गाविसमा जुडिबुटी खेती हुन थालेको छ । वन कार्यालयले ढुङखर्क, बुढाखानी र सस्र्यूखर्क गाविसलाई जुडिबुटी पकेट क्षेत्र घोषणा गरी जुडिबुटी उत्पादनको काम गरिरहेको जिल्ला वन कार्यालयका प्रमूख गणेश रायले बताउनुभयो । वन कार्यालयले ढुङखर्कमा लप्सीको ब्यवसायीक उत्पादनमा किसानहरुलाई सहभागिता गराइ साना उद्योग समेत स्थापना गरिदिएको छ ।
त्यस्तै सस्र्यूखर्कमा खयर र लप्सी खेती प्रवद्र्धनका लागि काम भइरहेको जिल्ला वन कार्यालयले जनाएको छ । बुढाखानी गाविसमा बाँस र निगालोको उत्पादनमा किसानहरु लागि रहेका छन् । कार्यालयले उत्पादित बस्तुबाट स्थानीय तहमै किसानहरुले लिन सक्ने फाइदाका बारे विभिन्न चरणमा प्राविधिक ज्ञान समेत उपलब्ध गराउँदै आएको छ । जिल्लाको सबै गाविसहरुका किसानहरुले कुनै न कुनै प्रकारको जुडिबुटी उत्पादन गरिरहेपनि ब्यवसायीक नहुदाँ खरिद बिक्रीमा समस्या हुने भएकाले सामूहिक र ब्यवसायीक खेतीको विकासका लागि कार्यक्रम लागु गरिएको प्रमूख रायले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !