आइपिलमा आज राजस्थान र कोलकता भिड्ने


काठमाण्डौ,चैत २६ ।
भारतमा जारी रहेको इन्डियन प्रिमिएर लिग ( आइपिल ) मा आज एकमात्र खेल रोयल राजस्थान र कोलकता नाइड राइर्डसका बिच हुने भएको छ । सवाई मानसिंह क्रिकेट स्टेडियम जयपुरमा हुने खेल नेपाली समयानुसार राती सवा ८ बजेदेखि शुरुहुने जनाइएको छ । राजस्थान राहुल द्रविड तथा कोलकता गौतम गम्भिरको नेतृत्वमा मैदानमा उत्रिने छ । त्यसैगरी गएराती सम्पन्न भएको पहिलो खेलमा किंग्स एलेवन पंजाबले पुणे वरिर्यसलाई ८ विकेटले पराजित गरेको छ । 

पहिले व्याटिङ्ग गरेको पुणेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९९ रनमात्र बनाएका थिए । जवाफमा व्याटिङ्ग गर्न आएका पंजाबले १२ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै खेल जित्न सफल भएको छ । त्यसतै दोस्रो खेलमा रोयल चैलेन्जर्स बैंगलोरलाई सनराइर्जस हैदराबादले पराजित गरेको छ । पहिले व्याटिङ्ग गरेको बैंगलोरले २० ओभरमा १ सय ३० रन बनाएका थिए । भने जवाफमा व्याटिङ्ग गर्न आएका हैदराबादले पनि ७ विकेट गुमाउँदै १ सय ३० बनाएपछि खेल बराबरीमा पुगेका थिए । तर खेललाई एक÷एक ओभरको सुपर ओभरमा लगेपछि बैंगलोरलाई हैदराबादले पराजित गरेको हो ।

Related

प्रमूखखबरहरु 25949962560299184

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item