गर्मी वढ्सगै चिसो खानेहरु वढेछन् सिन्धुलीमा cold food

http://sindhulidarpan.blogspot.com/2013/05/cold-food.html
सिन्धुली,वैशाख २४ ।
गर्मी बढेसंगै सिन्धुली लगाएत मध्य तराईका बिभिन्न बजारमा चिसो पेय पदार्थको ब्यापार बढेको छ । स्थानीय स्तरमा उत्पादन भएका तरबुजा, काँक्रो, सतुवा, कुल्फीको यापार बढेको छ । रौतहट जिल्लाको चन्द्रनिगाहपुर, गौर, गरुडा, शिबनगर, कटहरिया लगायतका बजारमा ब्यापार बढेको छ । चन्द्रनिगाहपुर चोकमा सतुवा
बेच्न ठेला लिएर आउने स्थानीय ब्यापारी अनिल कार्कीले अरु बेलाको तुलनामा गर्मीको समयमा ब्यापारसंगै आम्दानी समेत मनग्य हुने गरेको बताउनुभयो । दैनिक एक हजार देखी दुई हजार सम्मको सातु बेच्ने गरेको उहाँले बताउनु भयो । पुर्व–पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर चोकमा खिरा, तरबुजा, सतुवा र कुल्फी बेच्नेको संख्या समेत बढेको कुल्फी ब्यापारी नागेन्द्र जैसवालले जानकारी दिनुभयो । जैसवालले गर्मी मौसममा पानी नपरेका दिनमा दैनिक तीनदेखि चार हजारसम्मको कुल्फी बेच्ने गरेको बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !