गलत शिक्षा दिने विद्यालयलाई कारवाही हुने

http://sindhulidarpan.blogspot.com/2013/05/education.html
जनकपुर,वैशाख २७ ।
नेपालको कपिलवस्तुमा जन्मिएका गौतम बुद्धको जन्म भारतमा भएको उल्लेख गरिएको एक पुस्तकको पठनपाठन जनकपुरको चर्चित विद्यालयहरुमा भईरहेको खुलासा भएको छ । पुस्तक खरीद बिक्रिमा नीजि विद्यालयले लिदै आएको कमीशन खोज्न छापामारी गरेको अभिभावक संघले गौतम बुद्धको जन्मस्थल उत्तरी भारतको एकराज्यमा भएको उल्लेख गरिएको पुस्तक पठनपाठनकै क्रममा फेला पारेको हो ।
अभिभावक संघ जनकपुरका अध्यक्ष उदयचन्द्र साहले जनकपुरका नीजि विद्यालयहरुमध्ये सबैभन्दा बढी छात्रछात्रा रहेको मोनाष्टिक आवसिय उच्च माविमा गलत सन्देशसहितको पाठ्यसामग्रि फेला परेको जनाएका छन् । पुस्तक फेला परेपछि तात्कालै धनुषाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीलाई जानकारी गराएको साहले बताउनुभयो । धनुषाका प्रमुख जिल्ला अधिकारी मैनालीले मोनाष्टिक उच्च माविलाई पुस्तक तात्कालै पठनपाठन बन्द गर्न निर्देशन दिनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !