आइपिएलमा आज बैंग्लौर र दिल्ली भिड्ने


चितवन, वैशाख २७ ।
इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स वैंग्लौर र दिल्ली डेयर डेविल्सबीच प्रतिस्पर्धा हुँदैछ । फिरोज शाह कोटला दिल्लीमा वेलुका सवा आठ वजेपछि हुने खेलमा चौथो स्थानमा रहेको वैंग्लौर र आठौँ स्थानमा रहेको दिल्ली भिड्न लागेका हुन् । वैंग्लौरले १२ खेलमा ७ मा जीत हात पार्दै १४ अंक जोडेका छ भने दिल्लीले तीन वटा मात्र खेल जितेको छ । चेन्नेई २० अंकका साथ पहिलो तथा १८ अंक रहेको राजस्थान दोश्रो र १६ अंक जोडेको मुम्वई तेश्रो स्थानमा छ । यस अघि गएराती सम्पन्न खेलमा कोलकत्ता नाईट राईडर्सले पुने वारियर्सलाई ४६ रनले पराजित गरेको छ । कोलकत्ताले जीतका लागि दिएको १ सय ५३ रनको चुनौति पछ्याउने क्रममा  पुने १९ ओभर ३ वलमा अल आउट हुदै मात्र १ सय ६ रन जोड्न सक्यो । पुनेका लागी एगोलो म्याथ्युजले ४० तथा रोविन उथप्पाले ३१ रन वनाए पनि अन्य व्याट्सम्यानहरुले दोहोरो अंकको आंकडा वनाउन सकेनन् । यस अघि टस जितेर पहिले व्याटिङ गरेको कोलकत्ताले निर्धारित ओभरमा ६ विकेटको क्षतीमा १ सय ५२ रन वनाएको थियो । कोलकत्ताका लागी कप्तान गौतम गाम्भीरले ५० रनको योगदान गरे । हिजै भएको पहिलो खेलमा राजस्थान रोयल्सले किंग्स इलेभेन पञ्जावलाई ८ विकेटले पराजीत गरेको थियो ।

Related

प्रमूखखबरहरु 662936777967667363

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item