जनजाति महासङ्घको महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु


चितवन, वैशाख ३० ।
नेपाल आदिवासी जनजाति महासङ्घको आठौं महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दै छ । नयाँ नेतृत्व चयनका लागि चितवनको सौरहामा जारी महाधिवेशनमा चुनावी प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रयोजनका लागि अधिवक्ता कुन्साङ योञ्जनको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचनमण्डल चयन गरिएको छ । निर्वाचन मन्डलका सदस्यहरुमा निवर्तमान महासचिव आङकाजी शेर्पा, अधिवक्ता अन्ज कायस्थ, फुलमति चौधरी, शान्ति जिरेल रहनुभएको छ । तीन वर्षे नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा पाँचजनाको उम्मेद्वारी पर्ने निश्चित भएको छ । अध्यक्ष पदको प्रत्यासीहरूमा नरेश ताम्राकार, चन्द्रविक्रम राई, पेमाछिरी शेर्पा, नागेन्द्र कुमाल र नित्यानन्द ताजपुरिया देखिनुभएको छ । यसैगरी महासचिवका लागि पनि ६ जनाको नाम चर्चामा छ । महासचिवका लागि दाबी गर्नेहरूमा गोविन्द छन्त्याल, डन्डु शेर्पा, नवीन रोक्का, पेम्बा भोटे, ज्ञानबहादुर बोटे र बुद्ध घर्ती छन् ।
यसैबीच निर्वाचन मण्डलले चुनावी प्रक्रिया अगाडि बढाउने बित्तिकै जिल्ला समन्वय परिषद्का तर्फबाट महाधिवेशनमा सहभागी पर्यवेक्षकहरुले मताधिकारका लागि विधान संशोधनको माग गर्दै रोष्टम घेराउ गरेका छन् । उनीहरुले अहिले बन्दसत्रमा नाराबाजी गर्दैै धर्ना दिइरहेका छन् । आफूहरूको माग संबोधन नभएसम्म बन्दसत्रको प्रक्रिया अवरुद्ध पार्ने उनीहरुले अडान लिएपछि अहिले सहमतिको प्रयास भइरहेको छ । महासङ्घको नीति र कार्यक्रमका आधारमा जिल्लाहरूमा सक्रिय रहने जिल्ला समन्वय परिषद्लाई मताधिकार नदिने अहिलेको विधान संशोधन गर्नुपर्ने उनीहरूको तर्क छ ।

Related

विविध 7596883260054825780

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item