सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये तीन जना पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/05/jailer.html
रोल्पा, वैशाख ३० ।
शनिवार मध्यरातिसुरुङ खनेर फरार भएका मध्ये तीन जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा र्गैडाको खाग तस्करीका अर्जुन सेन, डाँका चोरी मुद्धामा जेल परेका दिपक पुन र जर्वजस्ती करणीका चम्फे विक रहेका छन् । अर्जुन सेनलाई सातदोबाटो भन्ने स्थानबाट हिजो साझँ र दिपक गए राति पुन र चम्फे विकलाइ जंकोटबाट पक्राउ गरिएको हो । फरार हुनेमा डाँका चोरी मुद्धामा जेल परेका ,राजु थापा, कृष्ण बहादुर वली, बसन्त रोका जर्वजस्ती करणीका ,ध्रुव डाँगी, राज बहादुर वली रहेका छन् । उनीहरुले करिब आठ मिटर लम्बाई र डेढ मिटर गोलाई आकारको सुरुङ बनाई जिल्ला कारागार रोल्पाबाट मध्यराति करिब १२ बजेतिर उनीहरु फरार भएका हुन् ।
११ जना बस्दै आएको कोठामा अन्य ३ जना भने प्रहरीले थाहा पाएपछि भाग्न नसकेको जनाइएको छ । शनिवार भएको घटनामा सुरक्षाकर्मीको चरम लापरवाहि भएको भन्दै मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले प्रहरी सहायक निरिक्षक बसन्तकुमार बस्नेत ,प्रहरी हवल्दार क्षेत्रबहादुर राना,प्रहरी जवानहरु सुवास बराल, छबिलाल वली ,कुमार आचार्य र राम बहादुर थापालाई निलम्बित गरेको छ ।भने प्रहरी सहायक निरिक्षक शालिकराम बस्नेतलाई विभागिय कारवाहि गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !