गैडाको खाग सहित एक व्यक्ति पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/05/news_13.html
रौतहट, वैशाख ३० ।
रौतहटको चन्द्रनिागहपुर स्थित एक होटल बाट प्रहरीले गैडाको खाग सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।केन्द्रिय अपराध अनुशन्धान ब्युरोको टोली र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरीको टोलिले रौतहटको गम्हरीया बिर्ता ७ घर भएका ३५ बर्षिय बिरेन्द्र यादवलाइ गैडाको खाग सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चन्द्रनिगाहपुरमा रहेको शुर्दशन होटलमा कोठा लिएर बसेका यादवको साथबाट एक थान गैडाको खाग बरामद भएको हो ।पक्राउ परेका यादवले गैडाको खाग बिक्री गर्न होटलमा आएर बसेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी धु्रवराज राउतले जानकारी दिनुभयो ।पक्राउ परेका यादवले रौतहट रंगपुर गाबिसका मनोज धितालले आफुलाई झोला राख्न दिएको र आफुलाई गैडाको खाग भएको थाहा नभएको बताएका छन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !