६ वर्षीया बालिका बलात्कृत

http://sindhulidarpan.blogspot.com/2013/05/rape.html
मोरङ, २९ वैशाख । मोरङ जिल्लामा ६ वर्षीया बालिकाको बलत्कार गरेको अभियोगमा प्रहरीले सञ्जीव उराउलाई पक्राउ गरेको छ ।
बिराटनगर–५ का १९ बर्षीय सञ्जीवले स्थानीय ६ वर्षीया बालिकालाई शनिबार बलत्कार गरेको प्रहरीले जनाएको छ । कोही नभएको अवस्थामा सञ्जीवले बालिकालाई बलत्कार गरेको प्रहरी भनाई छ ।
सञ्जीवलाई विराटनगर बिमानस्थलका सुरक्षा गार्डले पक्राउ गरेका थिए । पीडित बालिकाको कोशी अञ्चल अस्पतालमा उपचार भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !