असई सहित पाँच प्रहरी निलम्बित

रोल्पा, बैशाख २९  । 
सुरुङ खनेर ८ कैदी फरार भएपछि जिल्ला कारागार रोल्पामा सुरक्षार्थ खटिएका एक सहायक प्रहरी निरीक्षक सहित पाँचजना प्रहरीलाई निलम्बित गरिएको छ भने एक जना असईलाई विभागीय कारबाही गरिएको छ ।

     शनिवार राति भएको कैदी फरार घटनामा सुरक्षाकर्मीको कमजोरी रहेको भन्दै मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले  प्रहरी सहायक निरीक्षक बसन्तकुमार बस्नेत, प्रहरी हवल्दार क्षेत्रबहादुर राना, प्रहरी जवानहरु सुवास बराल, छबिलाल वली, कुमार आचार्य र रामबहादुर थापालाई निलम्बन गरेको छ । यस्तै प्रहरी सहायक निरीक्षक शालिकराम बस्नेतलाई बिभागीय कारबाही गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।


     घटनाको विषयमा छानबिन गर्न प्रहरी बरिष्ठ उपरीक्षक उत्तमबहादुर सिंहको संयोजकत्वमा तीन सदस्यीय र क्षेत्रीय सहप्रशासक बासुदेव दाहालको संयोजकत्वमा दुई सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ । उक्त समितिले घटनाको यथार्थ छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउने मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक टपेन्द्रध्वज हमालले बताएका छन् ।

Related

राष्ट्रिय 386170407967446303

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item