रोल्पा कारागारमा सुरुङ खनेर कैदीबन्दी भागे


रौल्पा, वैशाख २९ ।
रोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी भागेका छन् । गएराती कारागारको पश्चिमी भागबाट सुरुङ खनेर उनीहरु भागेको प्रहरीले जनाएको छ । राती सबै सुतेका बेला साढे १२ बजेतिर कैदी भागेको प्रहरीले जनाएको छ । 
सुरुङ खनेर भाग्नेमा अर्जुन सेन, धुव्र डाँगी, चम्फे बिक, बसन्त रोका, राजु थापा, कृष्ण ओली, राजबहादुर ओली र दिपक पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । 

भागेको जानकारी पाए पनि स्कूलको आवासीय क्षेत्रबाट गएकाले गोली हान्न नसकिएको प्रहरी निरिक्षका सरोज पौडेलले टेलफोनमा जानकारी दिनुभयो । उनीहरु गैंडाको खाग तस्करी, जर्बजस्ती करणी र डाँका मुद्दाका अभियुक्त हुन । सुरक्षाका लागि कारागारमा १९ जना प्रहरी खटिएका थिए । आज बिहानबाट सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ ।

Related

राष्ट्रिय 8874797051267563862

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item