चौथो चरणको एकिकृत घुम्ती शिविरमा १२ सय ६६ जनाले सेवा लिए


नविनबाबु अधिकारी,
सिन्धुली,वैशाख २९ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको नेतृत्वमा चांैथो चरणमा डाडीको मंगलपुरमा भएको ४ दिने  एकिकृत घुम्ती शिविर आज सम्पन्न भएको छ । अरुणठाकुर, ककुरठाकुर, जिनाखुँ, हर्षाही, आम्वोटे, टाँडी, लदाभिर, दुधौली तथा सिर्थौली गाविसका सर्वसाधारणहरुको उत्साहजनक सहभागिता रहेको छ । एकिकृत घुम्ती शिविरमा नागरिक्ता, फोटो सहितको मतदाता परिचय पत्र वितरण, स्वास्थ्य सेवा, अपाङ्ग परिचयपत्र, सामाजीक सुरक्षा भत्ता तथा अन्य सचेतना सम्वन्धी सेवा प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो । उक्त शिविरमा १२ सय ६६ जनाले सेवा लिएका छन् ।

Related

स्थानिय 1059203237563832835

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item